आज संविधान दिवस : संघीयतासहितको संविधानको स्मरण
काठमाडौं : आज असोज ३ गते संविधान दिवस मनाइँदै छ। २०७२ सालको असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ। संविधान जारी भएको दिनदेखि हरेक वर्ष विशेष समारोह आयोजना हुँदै...

