हाम्रो सनसाइन स्कुल फाउण्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग

हाम्रो सनसाइन स्कुल फाउण्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग

काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउण्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले रु २५ लाख सहयोग गरेको हो ।
फाउण्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्री, फाउण्डेशनका कार्यसमिति सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराम पौडेल, सदस्य अदिति पौडेलले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो । खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदस्यहरुको तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो ।

सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बाढी पीडितको राहत तथा पुनःस्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

हाम्रो सनसाइन स्कुलले विगत २५ वर्षदेखि आर्थिक रुपमा विपन्न बालबालिकालाई कक्षा १२ सम्म पूर्ण निःशूल्क शिक्षासहित दिवा खानाकोसमेत व्यवस्था गर्दै आएको खत्रीको भनाई छ । कक्षा १२ सम्मको पढाई हुने सो स्कुल काठमाडौँको बौद्धमा रहेको छ ।