काठमाडौं, ३ साउन – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको जन्म नै हत्याहिंसा, तोडफोड, कब्जा र आगजनी बाट भएको आरोप लगाएका छन् ।
पार्टी संसदीय मामिला विभागको आयोजनामा आइतबार संसद् भवनमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले वर्तमान राजनीतिलाई परिभाषाविहीन, दिशाविहीन र थितिविहीन भनेका छन् ।
“लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा छन्,” ओलीले भने, “तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको हो ।”
ओलीले गत भदौ २३ र २४ पछिको राजनीति पूरै दिशाहीन भएको आरोप पनि लगाए । उनले मुलुकको राजनीति विधि, प्रक्रिया र मर्यादा विहीन बन्दै गएको चिन्ता व्यक्त गरे ।
केपी ओलीको यो कडा अभिव्यक्तिले सत्तापक्ष र प्रतिपक्षबीचको द्वन्द्वलाई थप चर्काउने देखिन्छ । बालेन शाह नेतृत्वको सरकारप्रति एमाले अध्यक्षको यस्तो खुला हमलाले आगामी दिनमा राजनीतिक तापक्रम बढ्ने संकेत गरेको छ ।
ओलीको आरोपले वर्तमान सरकारको वैधता र निर्माण प्रक्रियामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।