काठमाडौं : गीत, संगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका सष्टा, कलाकार र सन्चारकर्मीलाई सम्मान तथा अवार्ड प्रदान गर्दै यमन म्लोबल म्युजिक अवार्ड-२०८३ को पहिलो संस्करण सम्पन्न भाएको छ । सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका स्रष्टा तथा कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
सोहि अवसरमा गायिका तथा संगीतकार बबिना भट्टराई ‘यमन ग्लोबल म्युजिक अवार्ड २०८३’ अन्तर्गत सुगम संगीत तर्फ सर्वोत्कृष्ट गायिका अवार्डबाट सम्मानित भएकी छिन् । यमन इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंमा आयोजित समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपाली गीत, संगीतको क्षेत्रमा लगभग दुई दशक लामो समयदेखि सक्रिय बबिना भट्टराईलाई उनको एकल गीति एल्वम ‘आरम्भ’ भित्र समेटिएको गीत ‘बानी रहेछ….’ को लागि उक्त अवार्ड प्रदान गरिएको हो । रामेश्वर के.सी.को शब्द रहेको गीत ‘बानी रहेछ….’ मा संगीत बबिना भट्टराईको रहेको छ भने गीतको भिडयोमा बबिना भट्टराई र यसराज गर्चको अभिनय रहेको छ, गीत बबिना भट्टराईको अफिसियल युट्व च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त अवार्डको लागि आधुनिक गायिका विधामा उत्कृष्ट पाँचमा परेका पवित्रा गुरुङ, सारिका घिमिरे, सदिक्षा कट्टेल र अनामिका चौलागाईंलाई पछि पार्दै बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘बानी रहेछ….’ ले सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेको हो ।

यसै गरि बबिना भट्टराईको स्वर तथा संगीत रहेको गजल ‘नदीमा तिमी छौ …’ ले वेष्ट साउण्ड इन्जिनियर (मिक्सिङ) को अवार्ड प्राप्त गरेको छ । म्युजिक नेपालका बरिष्ठ साउण्ड इन्जिनियर प्रकाश खरेलले उक्त अवार्ड चुमेका छन् ।

समारोहमा वरिष्ठ गायिका तारा थापालाई दीर्घसाधना सम्मान प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली गीत-संगीतको क्षेत्रमा पुन्याएको योगदानको कदर गर्दै थापालाई उक्त सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक तारावीर पाण्डेले बताए । यस्तै महाकाव्यकार खेमनाथ दाहाललाई ुमहाकाव्य साधना सम्मानु प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ गीतकार अम्बिका गुरुड, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाँड गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकि लेप्बा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कादम्बिनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङलगायतलाई विशेष सम्मान गरिएको थियो। पत्रकारिता क्षेत्रतर्फ स्वतिका पन्थीलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै ई-हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौड्याललाई पत्रकारिता अवार्ड प्रदान गरिएको थियो ।

यगन स्लोबल म्युजिक अवार्डुमा पहिलोपटक बाध्यवादकलाई समेत अवार्ड प्रदान गरिएको थियो । तालवादनतर्फ भुवन गन्धर्व र बाँसुरीवादनतर्फ रत्न विकलाई अवार्ड प्रदान गरिएको थियो