लन्डनको मेलाबाट एक करोड एक हजार : तमु धिं युकेले बाढी पीडितको घाउमा लगाएको मलम
लन्डनको केम्पटन पार्क रेसकोर्समा जब १७औं नेपाली मेला चलिरहेको थियो, त्यहाँका आँगनमा संस्कृति र पहिचानको गन्ध फैलिएको थियो। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराले सजिएको त्यो मेलामा दश हजारभन्दा बढी नेपालीहरू जम्मा भएका थिए। नाचगान, खाना र भेटघाटको बीचमा एउटा मौन...

